तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा चितुवाको छालासहित दुई जना पक्राउ

दाङ । घोराहीबाट चितुवाको छाला र चार किलो अफिमसहित दुई युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नम्बर ५ निवासी २७ वर्षीय धनसिंह टमाटा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले गोप्य सूचनाको आधारमा मंगलबार राति ८ बजेतिर दुई युकवलाई घोराही–८ बनगाउँ क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

उनीहरूको साथबाट ६ फिट ११ इञ्ज लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको एसपी चन्दले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको र उनीहरूमाथि अवैध रूपमा लागुऔषध तथा वन्यजन्तुको छाला ओसारपसारसम्बन्धी मुद्दा चलाएर कारबाही अगाडि बढाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button