तपाईँ सुन्दै हुनुहुन्छः

किसानले पाउदैनन् समयमै बिउ

रुकुम- रुकुम पश्चिममा यस वर्ष गहुँको विउको अभाव भएको छ । गहुँ छर्ने सिजनकै बेला जिल्लामा गुणस्तरिय विउको अभाव भएको छ । ग्रामिन भेगका अधिकांस कृषहरुले यस अघिनै केहि जोह गरेर गहँु छरिसकेका छन कसैले अहिले छर्दै गरेका छन ।

उनीहरुले गुणस्तरिय विउ नहुँदा खाने गहुँ सँग उत्पादन गरिएको गहुँनै विउको रुपमा प्रयोग गर्न कृषकहरु बाध्य भएका छन । गहुँको विउका लागी स्थानिय सरकार सँग माग गर्दा पनि नपाएको उनिहरुको गुनासो छ । जिल्ला भित्रै गहुँको प्रजनन तथा मुल विउ उत्पादन कम मात्रामा हुने भएकाले अहिले करिव ७० प्रतिशत कृषकहरु पुरानै गहुँको विउ छर्न बाध्य छन ।

वर्षेनी पुरानै विउ खेतबारीमा छर्दा उत्पादनमा पनि ह्रास हुँदै गएको गहुँ खेती गर्ने कृषकहरुको दुखेसो छ । मुसिकोट नगरपालिका ४ र ११ नम्बर वडाका कृषक समूहरुले मात्रै विउ उत्पादन गर्ने गरेका छन तर गत वर्ष हिउँदमा अत्याधिक मात्रामा वर्षा भएका कारण उत्पादनमा कमी आएको छ । यहाँ उत्पादन भएको गहुँको विउले जिल्लामा २५ प्रतिशत मात्रै धानेको छ ।

एकिन तथ्यांक नभएपनि गहुँको विउ खरिदका लागी मात्रै वर्षेनी लाखौँ रकम बाहिरिने गरेको कृषी विकास कार्यालयले जनाएको छ । जिल्ला बाहिरका विभिन्न कृषी अनुसन्धान परिषद, एग्रोभिट र विउ उत्पादन कृषक समूहबाट विउ ल्याउनु पर्ने बाध्यता कायमै रहेको छ । यस वर्ष पनि २५ क्वीन्टल गहुँका विउ जिल्लामा भित्रिएको कार्यालय प्रमुख मिन बहादुर केसीले बताउनुभयो  ।

स्थानीय स्तरमै गहुँको विउ उत्पादन गरी हरेक वर्ष कृषकहरुले विउको अभाव झेल्नु पर्ने समस्या समाधानका लागी यस वर्ष देखी विज बृद्धीको कार्यक्रम सञ्चालन गर्न थालिएको केसीले जानकारी दिनुभयो । हरेक वर्ष जिल्लामा गहुँको विउ अभाव हुने समस्या हल गर्न स्थानीय तहले नै जोड दिनुपर्ने उनको भनाई छ । स्थानीय स्तरमै उत्पादन भएको विउ गुणस्तरिय पनि हुने भएकाले गाउँमै विउ उत्पादन गर्न तर्फ पालिकाहरुले किसानलाई प्रोत्साहन गर्नुपर्ने कार्यालयका निमित्त प्रमुख केसीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button