तपाईँ सुन्दै हुनुहुन्छः

२८ सय एम्पुल लागु औषधसहित २ जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध इन्जेक्सन १८ सय एम्पुल सहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियाबाट चेकजाँचको क्रममा बारा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर निवासी २० वर्षीय रोशन साह कलवार र २९ वर्षीय चन्दनप्रसाद कुशवाहाको साथबाट लागूऔषध इन्जेक्सन फेनारगन, डाइजेपाम र नुर्फिन १८ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखि अवैध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको पन्तले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button