वन्यजन्तुले बालीमा नोक्सान पुर्याएपछि कृषकहरु रातभरी जाग्राम
बारा । बारामा वन्यजन्तुले खाद्यन्य र तरकारी बालीमा नोक्सान पुर्याएपछि कृषकहरु रातभरी जाग्राम बस्न बाध्य भएका छन् । रातभरी ननदिआई बाली जोगाउन किसानहरुले रातभर वन्यजन्तु धपाउने गरेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रबाट निलगाई, घोडगाई, बँदेल, हरिण, खरायो दुस्मी लगायतका वन्यजन्तुले गहुँ, मकै र तरकारी बालीमा नोक्सान पुर्याउन थालेपछि कृषकहरु रातभर बत्ती बालेर बस्ने गरेका छन् ।
हुुल बाँधेर आउने वन्यजन्तुुहरुले बालीनाली नष्ट गर्ने गरेको किसानहरुको गुुनासो छ ।
पछिल्लो समय वन्यजन्तुले बाली नोक्सान गरेको भन्दै बाराका कृषकहरुले राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्ति समेत माग गरेका छन् । तर, निकुञ्जले भने बाघ र चितुवा बाहेकका अन्य वन्यजन्तुले बालीमा क्षति पुर्याए क्षतिपूर्तिको व्यवस्था नभएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्