तनहुँमा थप एकजना कोरोना संक्रमितको मृत्यु
किरण श्रेष्ठ, तनहुँ । तनहुँमा थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
जिल्लाको भिमाद नगरपालिका ९ का ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।
उनको गत कार्तिक २० गते बिहिबार मृत्यु भएको निर्देनालयले जनाएको छ । उनमा कार्तिक १२ गते कोरोना संक्रमण भएको थियो ।
योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्