तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा २१ हजार बढी बेरोजगार सूचीकृत

सल्यान । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानबाट २१ हजार २२ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७–०७८ का लागि जिल्लाका दशवटै पालिकामा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका हुन ।

सरकारले २०७७ साउन ८ गतेदेखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिएका व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको शारदा नगरपालिका रोजगार संयोजक शान्ता बुढाथोकीले बताइन । गत वर्ष बजेट ढिला निकासी र कोरोनाका कारण धेरैले रोजगारी नपाएपनि यो वर्ष भने समयमै कार्यक्रम सञ्चालन हुने उनको भनाई छ ।

सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्युनतम एक सय दिनको काममा लगाइने बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले बताए ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष बेरोजगारको संख्यामा वृद्धि आएको देखिएको छ । गत आ.व.मा १३ हजार ८ सय ७७ जना सूचीकृत भएका थिए । जसमा १ हजार ७ सय ३५ जनाले मात्र रोजगारी पाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button