तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट एकजनाको मृत्यु

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरीको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका ४ बगारकी अन्दाजी १८ बर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको आज दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा २०६८ साल यता अहिलेसम्म २७ जनाको ज्यान गईसकेको छ । आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ बर्षीय बालकको ज्यान लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button