तपाईँ सुन्दै हुनुहुन्छः

‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु

कावासोती । दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु गरिएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा राजमार्ग तथा शहरी क्षेत्र केन्द्रित गरी सो कार्यक्रम शुरु गरिएको हो । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि कार्यक्रम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापाले बताउनुभयो ।

गण्डकी प्रदेश भरी नै यो कार्यक्रम आजबाट एकैसाथ शुरु गरिएको प्रमुख थापाले बताउनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम शुरु गरिएको र पहिलो चरणमा एक महिनासम्म कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले बताउनुभयो ।

“पहिला प्रहरी र चालकबीचको सम्बन्ध सुधार गर्ने, त्यसका लागि सम्मानपूर्वक नमस्कारबाट शुरु गरी नियमका बारेमा जानकारी प्रदान गरिनेछ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भन्नुभयो, “अन्त्यमा पनि नमस्कार गरी बिदा गरिनेछ ।”

एक मिनेटमा सवारीसाधन चलाउँदा अनिवार्य रुपमा सिटबेल्ट लगाउन, मोटरसाइकल, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग गर्न, हेल्मेटको फित्ता लगाउन भनिने प्रमुख थापाले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button