स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य चौकी बन्द
बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा न.५मा रहेको र टाँटे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्यचौकीमा कार्यरत ४५ वर्षीय एक कर्मचारीमा आइतबार कोरना पुष्टी भएपछि स्वास्थ्य चौकी तीन दिनका लागि सिल गरिएको टाँटे स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकी सिलपछि अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएका छन् ।
शुक्रबार १२ जनामा स्वाव संकलन गरि पिसिआर गरिए पछि एक जना स्वाथ्यकर्मीमा कोरना देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनु भएको छ । पन्तले दिएको जानकारी अनुसार स्वाब संकलन गरी अछाम जिल्लाको कमलबजार स्वास्थ्य चौकीमा गरिएको पिसिआर परिक्षणमा १२ जनामध्ये एक जना स्वास्थ्यकर्मीमा कोरना पुष्टी भएको हो ।
स्वास्थ्यकर्मीमा कोरना पुष्टी भएपछि स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीको स्वाब लिइ परिक्षण गरिने बुढीगंगा स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्