तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ 

काठमाडौं । २३ वर्षीया महिलालाई बेचबिखन गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–९ लामाटार बस्ने काठमाडौं महानगरपालिका–७ घर भएका ५५ वर्षीय गौतम लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्याई बेचबिखन गरी फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई घरबाट पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button