दुर्घटनामा बुटवल बहुमुखी क्यापसका सहायक क्याम्पस प्रमुख डा. पौडेलको निधन

रुपन्देही । दुर्घटनामा परेर बुटवल बहुमुखी क्यापसका सहायक क्याम्पस प्रमुख डा. शिव पौडेलको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेल स्कुटर सिक्ने क्रममा आफ्नै घरको वालमा ठोक्किएर गम्भीर घाइते हुनुभएको थियो ।
दुर्घटनामा घाइते पौडेललाई उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्