कृषि क्षेत्रको सबलीकरणका लागि ९ सय ४८ जना हरित स्वयंसेवकको छनोट

रुपन्देही । कृषि क्षेत्रको सबलीकरणका लागि लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९ सय ४८ जना हरित स्वयंसेवकको छनोट गरेको छ ।
मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीका अनुसार कृषि क्षेत्रमा हरित स्वयंसेवक विकास तथा परिचालन कार्यविधि २०७६ अनुसार हरित स्यवंसेवक नियुक्त गरिएको हो ।
गत भदौमा २ सय ७१ जना हरित स्वयंसेवक छनोट गरेको मन्त्रालयले कात्र्तिकमा थप ४ सय ९१ जना स्वयंसेवक छनोट गरेको हो ।
यसअघि प्रस्ताव आह्वान गरेर मूल्यांकनको आधारमा हरित स्वयंसेवक छनोट गरिएको ज्ञवालीले बताउनुभयो ।
प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले २०७६ साल मंसिर १४ गते हरित स्वयंसेवक विकास तथा परिचालन कार्यविधि स्वीकृत गरेको थियो ।
स्थानीयस्तरका कृषक समुदायलाई सरल, सहज र सुलभ तरिकाले आवश्यक प्रविधि विस्तार गर्न, कृषकको घरदैलोसम्म नियमित तथा प्रभावकारी रुपमा कृषि तथा पशुसेवा प्रवाह गर्ने उदेश्यले हरित स्वयंसेवकको अवधारणा ल्याएको कार्यविधिमा उल्लेख छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार स्थानीय तहको प्रत्येक वडामा एक जनाको दरले हरित स्वयंसेवक हुने छन् ।
हरित स्वयंसेवक छनोट हुनेले कृषि उद्यम नै गर्नुपर्ने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले बताउनुभयो ।
हरित स्वयंसेवकले मासिक वा वार्षिक रुपमा कुनै तलब भत्ता पाउँदैनन् । तर उनीहरुलाई कृषि उद्यमी बनाउन सरकारले प्रोत्साहित भने गर्ने ज्ञवाली बताउनुहुन्छ । हरित स्वयंसेवकले कृषि उद्यम गर्न ५० प्रतिशत अनुदान प्राप्त मन्त्रालयका ज्ञवालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्