तपाईँ सुन्दै हुनुहुन्छः

बारामा महिलाहरुको सशक्तिकरण गर्ने उदेश्यले  सिलाई मेसिन  बितरण

  
बारा । बारामा महिलाहरुको सशक्तिकरण गर्ने उदेश्यले महागढीमाई नगरपालिकाले महिलाहरुलाई सिलाई मेसिन  बितरण गरेको छ । महागढीमाई नगरपालिका वडा नं.३ मा आयोजित कार्यक्रममा नगर प्रमुख उपेन्द्र प्रसाद यादबले एक सय थान सिलाई मेसिन बितरण गर्नुुभएको हो ।
महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत महिलारुको सिप बिकास तथा जिवनस्तर उकास्ने उदेश्यले सिलाई मेसिन बितरण गरिएको नगर प्रमुख यादबले जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख तारा देबी कानु पनि उपस्थिती हुनुहुन्थ्योे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button