तपाईँ सुन्दै हुनुहुन्छः

खड्ग स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

टीकापुर कैलाली । टीकापुरमा आजदेखि खड्ग स्मृति जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

टीकापुर युवा क्लबको आयोजनामा प्रतियोगितामा जिल्लाभरका ३२ टीमको सहभागिता रहेको क्लबका अध्यक्ष तपेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाका अनुसार प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र दोस्रो हुनेलाई साढे १२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष कुवँरले बताउनुभयो ।

क्लबले टीकापुरका संस्थापक खड्गबहादुर सिँहको सम्झनामा हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button