बागलुङका २९ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु
बागलुङ । बागलुङका २९ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहिबार राती ८ः ५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचाररत थिए ।
निमोनिया लगायतका समस्या रहेका उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्