कोरोना सङ्क्रमणबाट कैलालीमा वडाध्यक्षको मृत्यु

कैलाली । कैलाली गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
नगरपालिकाका प्रवक्ता समेत रहनु भएका शाहको कोरोना सङ्क्रमणबाट मृत्यु भएको उपमेयर अञ्जला चौधरीले जानकारी दिनु भयो ।
६३ वर्षीय शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँको शुक्रवार विहान ६ स् २५ बजे उहाँको मृत्यु भएको हो ।
तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष शाह गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्