दोलाखमा थप सात जनामा कोरोना सङ्क्रमण

दोलखा । दोलखामा आज सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बुधवार जिल्लाको तीन पालिकाबाट ३१ जनाको स्वाव पिसिआर परिक्षणको लागि पठाईएकोमा पाँच महिला र दुई पुरुष गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा तामाकोसी गाउँपालिका वडा नम्बर ५ को २ महिने बच्चा सहित पाँच महिला, विगु गाउँपालिका र मेलुङ गाउँपालिकाको एक/एक जना कर्मचारी रहेको कार्यालयले जनाएको हो ।
तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अरुणकुमार मिश्रका अनुसार विहिवार पालिकाबाट एकै परिवारका सातसहित आठ जनाको स्वाव संकलन गरी धुिलखेल अस्पताल पठाइएकोमा एकै परिवारको पाँच जनाको रिर्पोट पोजेटिभ आएको हो ।
त्यसैगरी विगु गाउँपालिकाबाट विहिवार १३ जनाको स्वाव पठाइएकोमा एक जना पालिकाका कर्मचारीको रिर्पोट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ईश्वर खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी मेलुङ गाउँपालिकाबाट एक जना पालिका कर्मचारीको स्वाव पठाइएकोमा रिर्पोट पोजेटिभ आएको गाउँपालिकाका प्रवक्ता हिराकुमार थोकरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्