लाखौंका माछा पोखरीमै मरे

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ का किसान रमेशकुमार मल्लाहाले पाल्दै आएका माछा एक्कासी मर्न थालेका छन् । ४ वर्षदेखि विभिन्न प्रजातिका माछा पाल्दै आएकोमा एक्कासी पोखरी नै रित्तो हुने गरी माछा मर्न थालेपछि उहाँ चिन्तित बन्नुभएको छ ।
एक्कासी माछा परेपछि यो वर्षको पहिलो चरणमै झण्डै १४ लाख बराबरको क्षति भएको किसान मल्लाहाको दावी रहेको छ ।
मायादेवी गाउँपालिकाको स्वामित्वमा रहेको जग्गा लिजमा लिई विगत ४ वर्षदेखि सुरु गर्नुभएका उहाँले वर्षेनी घाटा व्यहोर्नुपरेको बताउनुभएको छ । माछा उत्पादन गरेर बिक्रीका लागि तयारी अवस्थामा रहेका रौँ, नैनी, सिल्बर, विगेट, ग्रास, कमन लगायतका प्रजातिका अनुमानित ५० क्वीन्टल माछा मरिसकेको र मर्ने क्रम नरोकिएको किसान मल्लाहाले बताउनुभयो ।
माछा बचाउन एग्रोभेटदेखि पशुसेवा ज्ञान केन्द्र पुगे पनि मल्लाहाले माछा बचाउन नसकेको बताउनुभयो । माछा विशेषज्ञ नभएकाले पनि माछा मर्नुको कारण पत्ता लागेको छैन । तर अन्य जीव जनावर हेर्ने प्राविधिकहरु अक्सिजनको कमी र माछालाई चाहिने ठाउँ नपुगेकाले मरेको अनुमान लगाउँछन् ।








प्रतिक्रिया राख्नुहोस्