तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा मात्रै १९ हजार ८ सय बढी सक्रिय संक्रमित, देशभर ३६ हजार नाघे

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा एक हजार ३ सय ९८ सहित देशभर ३ हजार ५१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ६८ जनामा पीसीआर परीक्षण गर्दा १२ सय ९ महिला र १८ सय ४२ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा एक हजार ९१, भक्तपुरमा एक सय ४७ र ललितपुरमा एक सय ६० सहित काठमाडौँ उपत्यकामा एक हजार ३ सय ९८ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसबाट आज प्रदेश १ मा ३ सय ८० जना, प्रदेश २ मा ७९, बागमति प्रदेशमा एक हजार ६ सय ३४, गण्डकी प्रदेशमा २ सय ७९, लुम्बिनी प्रदेशमा ५ सय ९७, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७७ जना संक्रमित भएका छन् ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।
आज देशभर ३६ हजार ५ सय १४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै १९ हजार ८ सय ५५ जना सक्रिय संक्रमित छन् ।
हाल काठमाडौँमा १६ हजार ३ सय ३१, ललितपुरमा २ हजार २ सय ७६ जना  र भक्तपुरमा एक हजार २ सय ४८ जना छन् ।
यस्तै सक्रिय सङ्क्रमितमध्ये २९ हजार ५ सय ७४ जना होम आइसोलेसनमा छन् भने गम्भीर लक्षण देखिएका ४ सय २८ जनाको आई.सी.यु र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज ३ हजार ४ सय ३० जना कोरोना भाईरस सङ्क्रमणबाट मुक्त भएसँगै हालसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक लाख ४८ हजार ४ सय ८ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १८ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button