तपाईँ सुन्दै हुनुहुन्छः

पञ्चदेवल विनायक नगरपालिका निरन्तर बजार अनुगमनमा

अछाम –  उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जाेडिएकाे बजार अनुगमन कार्यलाई जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले निरन्तरता दिएकाे छ ।

चाँडपर्वलाई लक्षित गरी छड्के चेक तथा व्यापारिक गतिविधि निरीक्षणमा जोड दिएको गाउँपालिकाले जनाएको छ ।

सामाजिक हिंसा न्युनिकरण गर्न अवैध कमशल तथा गुणस्तरहिन मदिरा बेचबिखनमा रोक लागाएको नगरपालिकाले पछिल्लो समय मापदण्ड बिपरीत ब्यवसाय सञ्चालन गरिरहेका ब्यापारीलाई स्थानीय सरकारले बनाएको कानुन अनुसार कार्बाही गर्न थालेको छ ।

मदिरा सेवनकै कारण गाउँ घरमा महिला बालबालिका तथा जेष्ठ नागरिक माथि बिभिन्न घटनाहरु भइरहेका बेला नगरपालिकाले दशैँ तिहार बिशेष अनुगमनलाई तिब्रता दिएको नगर उपप्रमुख अम्विका चलाउनेले बताउनुभयो ।

मदिरा सेवन कै कारण बिभिन्न बहानामा घरेलु हिंसाको चपेटामा परेका दुर-दाराजका महिला तथा किशोरीहरुलाई चुपचाप नबसी न्यायिक समिती र प्रहरीमा खुलेर समस्या राख्न कानुनी प्रक्रियामा जान उहाले आग्रह गर्नुभयो  ।

यस्तै नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पदम बहादुर माझीले मदिराको विरोधमा सबैभन्दा चर्को आवाज गर्ने, नगरको कामप्रति असन्तुष्टि गरिरहने मान्छेको पसलमा नै अबैध मदिराको कारोबार भइरहेको भेटिएको बताउनुभयाे ।

पञ्चदेवल विनायक नगरपालिकाको मुख्य ब्यापारी केन्द्र विनायक बजारलगायत अन्य ग्रामिण बजारहरुका ब्यापारीलाई मापदण्ड बिपरित व्यावसाय सञ्चालन गर्न स्थानीय सरकार ठुलो चुनौती बनेको अधिकृत माझीको भनाइ छ ।

हालै नगरपालिका र इलाका प्रहरी कार्यालयको एक टोलीले अनुगमन गर्दा वडा नम्वर २ पञ्चदेवल बजार नजिकै मध्यपहाडी सडकखण्डमै रहेको दर्ता नगरिएको बिनोद बस्नेतको पसलबाट ३६ बोत्तल बियर, अवैध घरेलु मदिरा २० पोका , वडा नम्वर ३ पब्लिक भञ्ज्याङस्थित बुढा टाेलबाट कमसल मदिरा ओरेन्ज सोफी १८ पेटी बरामद गरिएको प्रमुख प्रसाशकीय अधिकृत पदम माझीले जानकारी दिनुभयाे ।

यस्तै सुन्तलाबाडी नजिकै ढकाल जनरल स्टोरबाट इजाजत बिना बिक्रीका लागि राखिएको अवस्थामा बियर ४५ बोत्तल, भर्जिन २ पेटी, रेन्बो २ पेटी, डायमण्ड १ पेटी र नजिकै रहेको तिर्थराज ढकालको पसलबाट बियर ९ बोत्तल , अवैध घरेलु मदिरा २९ पोका बरामद गरी कानुन बमोजिम कारबाही गरिएको अधिकृत माझीले जानकारी दिनुभयाे ।

हालसम्म नगरपालिकाका ९ वटै वडामा अनुगमन गरी लाखौंको अवैध सामान जफत गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button