पोस्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजनाको काम शुरु
मकवानपुर । वाग्मती प्रदेश सरकारले निर्माण गर्नलागेको हेटौंडा काठमाण्डौं मार्ग अन्तर्गत पर्ने भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजनाले आफ्नो काम शुरु गरेको छ । मकवानपुरको भैंसेदेखि भीमफेदी – सिस्नेरी – दक्षिणकालीहुँदै काठमाण्डौंको बल्खुसम्मको ६५ किलोमिटर सडकको विस्तारका लागि सोहीमार्ग अन्तर्गत ५० करोडको लागतमा भैसेदेखि भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको बागमती प्रदेशका भौतिक पूर्वाधार मंत्री रामेश्वर फूँयालले जानकारी दिनुभयो ।
वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न संघीय सरकारले समेत कार्यदल गठन गरेको छ । भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्नुपर्ने छ ।
पोष्टबहादुर सुरुङमार्ग निर्माणका लागि रु १९ अर्व ३२ करोड खर्चहुने अनुमान गरिएको छ । तीनवटा पुलसहित दुईसुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ । सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन अनुसार ३ दशमलव २१ किलोमिटर लामा र १५ र ७ मिटर फराकिला दुर्ई वटा सुरुङ निर्माण गरिने छ । यो मार्ग कुनैपनि हालतमा बनाइ छाडिने बागमती प्रदेशका मुख्यमंत्री डोरमणी पौडेलले प्रतिबद्धता गर्नुभैकएको छ ।
तर, बागमती प्रदेशका लेखा समितिका सभापति न्यूछेनारायण श्रेष्ठले भने हालका लागि काम रोक्नु नै उचित हुने बताउनुभयो । बिश्वब्यापी कोरोना लगायतका कारण अहिले काम स्थगित गर्नुपर्नेमा उहाँको जोड छ ।
सरकारले सुरुङमार्गलाई निजगढ काठमाण्डौं द्रुतमार्गसँगसमेत जोड्ने योजना अघि सारेको छ । त्यसो गर्नसके हेटौंडा काठमाण्डौंको दरी ५२ किलोमिटरमा छोटिने छ र यस क्षेत्रका नागरिकहरुले प्रत्यक्ष लाभ लिन पाउनेछन् ।








प्रतिक्रिया राख्नुहोस्