तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा १३९८ सहित थप ३०५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ३४३० सङ्क्रमणमुक्त

काठमाडौँ । देशभर आज थप तीन हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार एक हजार दुई सय ९ जना महिला र एक हजार आठ सय ४२ जना पुरुष गरी आज थप तीन हजार ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो  । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।
त्यस्तै  देशभर आज तीन हजार ४ सय ३० जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ४८ हजार ४ सय ८ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसै गरी काठमाडौँ उपत्यकामा एक हजार तीन सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button