कर्मचारीमा कोरोना देखिएपछि २५ गतेसम्मका लागि भजनी नगरपालिकाको सेवा बन्द
टीकापुर कैलाली । भजनी नगरपालिकाले यहि कार्तिक २५ गतेसम्मका लागि सेवा बन्द गरेको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि भोली २१ गतेदेखि २५ गतेसम्मका लागि नगरपालिकाबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
आज एक सूचना प्रकाशित गर्दै नगरपालिकाले कोरोना फैलिन सक्ने जोखीम रहेको भन्दै २५ गतेसम्मका लागि कार्यलय बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिराम चौधरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्