एक करोड रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले एक करोड रुपैयाँसहित हुण्डी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको ओमबहालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार बेलुका झापाका २ र पर्वतका एक युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन्।
पक्राउ परेकाहरु हुण्डी कारोबारीहरुको अनुसन्धान सुरु भइरहेको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले रेडियो नेपाललाई जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्