तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ हजार १ सय ५० जना कोरोना संक्रमण मुक्त 

काठमाडौं । कोरोना भाईरसका कारण आज देशभर थप २४ जनाको मृत्य भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यृ हुनेको कूल संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण काठमाडौमा २ सय ४३, भक्तपुरमा ६७ र ललितपुरमा ६३ गरी काठमाडौ उपत्यका मात्रै ३ सय ७३ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना भाईरसबाट आज ३ हजार १ सय ५० जना संक्रमण मुक्त भएका छन् ।

यो संगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको र संक्रमण मुक्त हुने दर ७८ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छन् ।

देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४ सय ४६ वटा रियल टाईम पिसिआर विधिबाट परीक्षण गर्दा ११ सय ७६ महिला र १७ सय ५७ जना पुरूषमा संक्रमण पुष्टि भएकोे मन्त्रालयले जनाएको छ ।

यस्तै आज काठमाडौमा उपत्यकामा ७ सय २ महिला र ९ सय २८ पूरुष सहित १६ सय ३० जना कोरोना संक्रमित थपिएका छन् ।

यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

यस्तै हालसम्म देशका ७४ जिल्लामा ३७ हजार ५ सय २४ जना कोरोना संक्रमणका संक्रिय संक्रमित रहेका छन् ।

संक्रिय संक्रमितहरु मध्ये ३० हजार ९ सय २४ जना होम आईसोलेसनमा छन् भने ३ सय ४७ जनाको आई.सी.यू र ७४ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button