संरक्षित वन्यजन्तु कछुवासहित पाँच जना पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट संरक्षित वन्यजन्तु कछुवा सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुरको बालकुमारी बस्ने रामेछाप हिमगंगा नगरपालिका ४ घर भएका २९ वर्षीय नैन बहादुर आले मगर, काठमाडौं बनस्थली बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका ६ घर भएका २४ वर्षीय सुजन उपरकोटी, काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका ६ घर भएका ३३ वर्षीय छेवाङ लामा, सोही ठाउँ घर भएका काठमाडौं बौद्ध बस्ने २९ वर्षीय दावा लामा, भक्तपुर गणेशबस्ती बस्ने रामेछाप दोरम्बा गाउँपालिका ६ नै घर भएका २७ वर्षीय राज कुमार घिसिङ रहेका छन् ।
कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्