तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ बजार १ साताका लागि लकडाउन

बागलुङ । कोरोना संक्रमणको दर तिब्र रुपमा बढ्न थालेपनि बागलुङ बजार क्षेत्र १ हप्ताका लागि लकडाउन हुने भएको छ ।

यहाँंका राजनितिकर्मी, सुरक्षाकर्मी, पत्रकार र व्याव्सायीमा कोरोना संक्रमण देखिएपछि जिल्लाको सोमबार बसेको सर्वपक्षिय बैठकले आजराति १२ बजेदेखि कात्तिक २४ गते राती सम्म बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायी, जनप्रतिनिधि समेतको बैठकले बन्दाबन्दी गराउन निर्णय गरेको हो । यो बन्दाबन्दीमा अत्यावश्यक बाहेकका सबै पसल, व्यवसाय, शैक्षिक संस्था, सवारी साधन समेत बन्द गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button