तीन सय विपन्न परिवारलाई खाद्यान्न सहयोग

अछाम । अछामको मंगलसैन नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकाका ८ वडाका ३ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
दलित महिला संघ अछामद्धारा सन्चालित सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कोभिड १९ अन्तरगत प्रति परिवार २५ केजी चामल, दाल ४ केजि, २ केजि चना, तेल ३ लिटर, चिनि १ केजि, नुन १ केजि, हात धुने र नुहाउने गरि ६ पिस साबुन, सेनेटरी प्याड १ र १० पिस सर्जिकल माक्स हस्तान्तरण गरिएको हो ।
परियोजनाको कार्यक्षेत्र बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १,५ र ६ तथा मंगलसेन नगरपालीकाका वडा नम्बर ३,४,५, ८ र ९ मा राहत वितरण गरिएको परियोजना संयोजक लक्ष्मी सोबले बताउनु भयो ।
अभियानमा बान्नीगढी जयगढ गाउपालीका र मंगलसेन नगरपालीकाका ८ वडा गरि ३ सय घर परिवारलाई राहत वितरण गरिएको जानकारी दिनु भयो । समुदाय स्तरमै बाडिएको राहत वितरण अभियान पहिलो चरणमा सफल भएको उहाँको भनाइ छ ।
आज अन्तिम वडाका रुपमा मंगलसेन नगरपालिका वडा नम्बर ५ मा राहत वितरण गरिएको छ । वडा नम्बर ५ का ९२ घरपरिवारलाई खाद्यान्न सहित स्वास्थ्य र सरसफाईका सामाग्री राहत स्वरुप बितरण गरिएको हो ।
वडामा दलित समुदायमा गठित २ समुहका पदाधिकारी तथा सदस्य र विपन्न, मजदुर, वादि परिवार, अपांग लगाएतलाई राहत वितरण गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्