तपाईँ सुन्दै हुनुहुन्छः

पछिल्लो ४८ घण्टामा बाँकेमा ८ को मृत्यु, बाँकेमा मृत्यु हुनेको संख्या ३४ पुग्योे

बाके। कोरोना भाईरसको संक्रमण देखिएकी थप एक महिलाको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलकी ६७ वर्षिय महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरिएकी ति बृद्धाको आज बिहान १०ः३० बजे मुत्यु भएको हो । उपचारको क्रममा उनको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको र उपचारकै क्रममा सोमबार बिहान १०ः३० बजे उनको मृत्यु भएको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा उपचारका क्रममा पछिल्लो ३ दिनमा मात्रै ८ जना संक्रमितको ज्यान गएको छ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button