तपाईँ सुन्दै हुनुहुन्छः

कार र सिटि रिक्सा एक आपसमा ठोक्किदा ७ जना घाईते

सप्तरी- पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियामा आइतबार कार र सिटि रिक्सा एकआपसमा ठोक्किदा ७ जना घाईते भएका छन भने घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ६३९ नम्बरको कार र पश्चिमबाट पूर्वतर्फ जादै गरेको को २ ह ३४९८ नम्बरको सिटि रिक्सा एक आपसमा ठोकिदा सो दुर्घटना भएको थियो ।

सिटी रिक्साको चालक सहित ७ जना बाबाजीहरु घाइते भएका छन । घाइतेहरुलाई स्थानिय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि बिराटनगर लगिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button