तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा महिला मृत अवस्थामा फेला

पर्वत- पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीमा एक महिला मृत फेला परेकी छन । खौलालाँकुरीको बाम्रा गाउँकी २९ बर्षिया पुर्णकुमारी नेपाली घर नजिकैको बारीमा मृत फेला परेकी हुन । नेपालीलाई घर नजिकै बारी र खोला छेउमा शनिबार ३ बजेतिर मृत अबस्थामा फेला पारिएको थियो ।

उनको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले छानिवनको माग गरेका छन । माइती पक्षले पुर्णकुमारीको हत्या भएको आशंका गरेका छन । मृतकको शव पोष्ट मार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको र घटनाका बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button