तपाईँ सुन्दै हुनुहुन्छः

मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबारे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा आइतवार नीजि क्षेत्रका सरोकारवालाहरुसंग छलफल गरेको छ ।

मौद्रिक नीतिको कार्यान्वयनको अवस्था, आगामी नीति र राष्ट्र बैंकले गरिरहेका कामका बारेमा बैंकर, उद्योगी ब्यवसायीका प्रमुख संगठनका नेताहरु र अधिकांश जिल्लाका प्रतिनिधिहरुसँग छलफल गरेर राष्ट्र बैंकले सुझाव लिइएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयोजना गर्नु भएको भर्चुअल माध्यमबाट भएको छलफलमा ऋण लिलामी, राहत, पुनर्कर्जाको समय थप, थप राहत लगायतका विषयमा छलफल भएको नेपाल राष्ट्र बैकले जनाएको छ ।

छलफलमा नीजिक्षेत्रका प्रतिनिधिहरुले मौद्रिक नीति राम्रो भए पनि त्यसले अघि सारेका व्यवस्थाको कार्यान्वय हुन नसकेको, पुर्न कर्जा र सहुलियत कर्जा पाउन नसकिएकोले त्यसलाई सहज र समानुपातिक बनाउन सुझाव दिनु भएको नेपाल राष्ट्र बैकका प्रवक्ता डा गुणकर भट्टले बताउनु भयो ।

छलफलमा गभर्नर अधिकारीले बैंक र ब्यवसाय दुवै जोगिनुपर्ने त्यसैले तिर्न सक्नेले ऋण तिर्न र नसक्नेलाई छूटको व्यवथा गर्न बैकहरुलाई आग्रह गर्दै मौद्रिक नीतिमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने बताउनु भयो ।

छलफलमा अर्थ सचिव शिशिर कुमार ढुड.गानाले शिथिल बनेको अर्थतन्त्रलाई पुनर्जीवन दिन सरकार, राष्ट्र बैंक, वित्तीय संस्था र उद्योगी व्यवसायीहरु सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आइतबारको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले अवलम्बन गरेको नीतिगत प्रयासका कारण अर्थतन्त्र गम्भीर दुर्घटनामा पर्नबाट जोगिएको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button