कृषकहरुलाई आलुको बीउ वितरण
तनहुँ । धान काटेर बाँझो रहने खेतमा तरकारी उत्पादन गराउने उदेश्यले शुक्लागण्डकी नगरपालिका ८ का कृषकहरुलाई आलुको बीऊ वितरण गरिएको छ । यहाँका ६ सय ६७ कृषकलाई ५ देखि ६ सय किलोसम्म आवश्यकताको आधारमा बीऊ प्रदान गरिएको वडा न ८ ले जनाएको छ ।
शाखाले राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रम अन्र्तगत रहेर ३२ हजार किलो आलुको बीऊ वितरण गरेको थियो । शाखाका कृषि प्राविधिक भरत जैसीले निलो आलु ११ हजार ५ सय किलो, जनदेव (रातो आलु) १८ हजार ५ सय किलो र पि.भि.एस आलु २ हजार २ सय दाना वितरण भएका जनाउनुभयो । उहाँले वडामा ४ लाख ५० हजार केजी बराबरको आलु उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो ।
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा प्रदान गरिएको आलुको बीउबाट हुने जम्मा उत्पादन वडामा नै खपत हुने वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । उहाँले वडामा खपत नभएको खण्डमा वडाले बजार ब्यवस्थापन गर्ने जनाउदै वडाका कोल्डस्टोरमा राख्नका लागि समेत ब्यवस्था गरिदिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्