तपाईँ सुन्दै हुनुहुन्छः

घुस रकमसहित सशस्त्र प्रहरी जवान पक्राउ

बिक्रम रौनियार, बर्दिवास । महोत्तरीको गौशाला नगरपालिका वडा नं. २ स्थित निगौल चोकबाट सशस्त्र प्रहरी जवान घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले घुस रकम सहित सशस्त्र प्रहरी जवान उमेश चौहानलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल रामनगर सुरक्षा बेश क्याम्पमा कार्यरत चौहानलाई १७ हजार ६ सय रुपैया सहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

सशस्त्र प्रहरी जवानले घरायसी प्रयोजनको लागि प्रयोग गरिने काठदाउरा सहजीकरण गरिदिने भन्दै सेवाग्राही संग घुस रकमसहित पक्राउ गरिएको कार्यालयले जनाएको छ । पक्राउ गरिएको चौहानलाई हिरासतमा लिएर थप अनुसन्धान भैरहेको कार्यालयका उप–सचिव कृष्णमणी फूयाँलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button