तपाईँ सुन्दै हुनुहुन्छः

काँकरभिट्टामा ब्राउनसुगरसहित एक भारतीय पक्राउ

झापा । झापाको मेचीनग–६ को सीमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्जीलिङ पश्चिम बङ्गाल खोरीबारीका २५ वर्षीय साधिक आलम रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई शनिबार अपरान्ह नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आलमको साथबाट २६ ग्राम ब्राउनसुगर फेला पाररेको र उनीमाथि कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button