हाईड्रोपावरमा कार्यरत ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि
सोलुखुम्बु । सोलुखुम्बुमा एउटै जलविद्युत आयोजनामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाईड्रोपावरमा काम गर्ने कर्मचारी तथा कामदार सहित स्थानीय रहेका छन् ।
यसअघि आयोजनामा कार्यरत ५० जनाको स्वाब परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएपछि सबै कर्मचारी र कामदारहरुको स्वाब परीक्षण गरिएको आयोजनाले जनाएको छ । सम्पर्कमा रहेका ४५९ जनाको स्वाब परीक्षण गर्दा ५९ जनमा सङ्क्रमण देखिएको हो ।
यता सदरमुकाम सल्लेरीको समुदायस्तरमा गरिएको परीक्षणमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी र व्यवसायीमा समेत कोरोना देखिएको छ भने खुम्बु पासाङल्हामु गाउँपालिकामा पनि पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्