तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतमा कोरोना संक्रमितको संख्या दस लाख नाघ्यो

लन्डन । बेलायतमा कोरोना भाइस संक्रमितको संख्या दस लाख नाघे संगै, प्रधानमन्त्री बोरिस जोनसनले दोस्रो राष्ट्रिय लकडाउनको घोषणा गर्नु भएको छ ।

बेलायतको सावर्जनिक स्वास्थ्य क्षेत्रमा पर्न जाने स्वास्थ्य र नैतिक प्रकोपबाट बच्न लकडाउन घोषणा गरिएको प्रधानमन्त्री जोनसनलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

लकडाउनमा रेष्टूरेन्ट, जीमखाना, सिनेमा हल बन्द रहे पनि विद्यालय, कारखाना लगायतका स्थानहरु भने खुल्ला रहने छन् ।

लकडाउन हालको लागी ४ हप्ताको लागी लागू गरिएको, बिबिसीले जनाएको छ ।

यसअघि, यूरोपेली मुलुक फ्रान्सले पनि दोस्रो चरणको लकडाउन धोषणा गरेको थियो ।

त्यसैगरी, जर्मनीले पनि पूनः लकडाउन धोषण गर्न सक्ने इङ्गित गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button