पाल्पामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पा । पाल्पामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पूर्बखोला गाउँपालिकाका दुई, बगनासकाली गाउँपालिकाका चार र तानसेन नगरपालिकाका २५, रिब्दीकोट गाउँपालिकाका दुई र रम्भा गाउँपालिकाका एक जना गरी ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै पाल्पामा कोरोना सङ्क्रमित हुनेको कुल संख्या एक हजार एक सय ५६ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सङ्क्रमितमध्ये १४ महिला र २० जना पुरुष रहेका छन् । पाल्पामा हालसम्म कोरोनाका कारण दश जनाको मृत्यु भएको छ भने ९ सय २७ जना कोरोना निको भएर घर फर्किएका छन् ।








प्रतिक्रिया राख्नुहोस्