च्याल्सा विद्युत् कम्पनीको ड्याम साइडमा एक वृद्धको शव फेला
सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडको ड्याम साइडमा डुबेर मृत्यु भएको अवस्थामा एक बृद्धको शब भेटिएको छ ।
सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका अन्दाजी ६५ बर्षीय गोर्कण खड्काको शव छुल्यामुस्थित विद्युत कम्पनीको ड्याम साइडमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
परिवार काठमाडौंमा रहेका मृतक खड्का सोलुदूधकुण्ड नगरपालिका–६ को छुल्यामुमा बस्दै आएका प्रहरीको भनाइ छ । बृद्धले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्