तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाका बिहीबारबाट एकतर्फी सञ्चालनमा आयो

सिन्धुपाल्चोक । असोज २० गतेदेखि बन्द तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ । सामान बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सारमा आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।
तत्कालका लागि तातोपानी नाकाबाट नेपालतर्फ आयात हुने पनि उहाँको भनाइ छ । नाका खुलेको सङ्केत स्वरूप आज एउटा मात्रै कन्टेनर नेपाल आएको र भोलिदेखि कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान नेपाली यार्डसम्म ल्याइदिने भन्सार कार्यालयले जनाएको छ । हिजैदेखि नाका खुला गर्ने सहमति भए पनि प्राविधिक कारणले कन्टेनर नेपाल आउन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button