तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा बस र टिप्पर ठोक्किदा ८ जना घाईते

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको बाँसटारीमा बस र टिप्पर ठोक्किदा ८ जना घाइते भएका छन् ।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्बरको ढुङ्गा बोकेको टिप्परले बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख ९९८२ नम्बरको यात्रुवहाक बसलाई ठक्कर दिँदा आज दिउँसो ४ः १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा पाल्पा रिब्दिकोट गाउँपालिका–२ बस्ने ४५ वर्षीय केशव भट्टराई, रिब्दिकोट–१ बस्ने २३ वर्षीय सालिकराम बि.क., सोही स्थानका चन्द्र बहादुर सुनार, रुपन्देही बुटवल उपमहानगरपालिका–३ बस्ने १६ वर्षीय पूजा सुनार, पाल्पा पूर्वखोला–३ बस्ने ३२ वर्षीय हिरादेवी राना, रिब्दिकोट–४ बस्ने ३४ वर्षीय शेर बहादुर थापा, रुपन्देही तिलोत्तमा–३ बस्ने ७१ वर्षीय दुर्पता गैरे र नवलपरासी अस्नैया गणेशबस्ति बस्ने ६ वर्षीय युगेश घर्ति रहेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button