दोलखामा बिहीबार २२ जना नयाँ कोरोना संक्रमित थपिए
दोलखा । दोलखा जिल्लामा बिहीबार एकै दिन २२ जना कोरोना संक्रमित थपिएका छन् । गत कार्तिक ८ गते स्वाब पठाइएका ४० जना मध्य २२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कार्तिक ८ गते कन्ट्रयाक ट्रेसिङको आधारमा ६० जना र दोस्रो परीक्षणको लागि ५ जनाको स्वाब सङ्कलन गरी पठाइएकोमा कार्तिक १० गते राति २० जनाको रिर्पोट आएकोमा ९ जनाको कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार बाँकी ४५ जनाको रिर्पोट आएकोमा नयाँ ४० जनामा २२ जनाको कोरोना पोजेटिभ देखिएको तथा दोस्रो परिक्षण गरिएको पाँच जनामा ४ जनाको पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दोलखाका कोरोना फोकल पर्सन बासु अधिकारीले बताउनु भयो ।
कार्तिक ८ गते पठाइएको ६५ जनामा ३५ जनाको कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका कोरोना फोकल पर्सन अधिकारीले बताउनु भयो । दोलखा जिल्लामा अहिलेसम्म २ हजार ३ सय ६८ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षण गरिएकोमा १ सय २१ जनाको पोजेटिभ आएको अधिकारीले बताउनु भएको छ । त्यसमा ५९ जना ठिक भएको र हाल जिल्लामा ६२ जना सक्रिय संक्रमित रहेको अधिकारीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्