टेलिफोन टावर जडान सम्पन्न नहुँदै जीर्ण अवस्थामा
रोल्पा । रोल्पाको रोल्पा नगरपालीका वडा नम्बर १० धबाङको थाम, चारखुरे भन्ने ठाउमा नेपाल टेलिकमको बि.टि.एस.टेलिफोन टावर जडान सम्पन्न नगर्दै जीर्ण हुँदै गएको छ ।
धबाङ क्षेत्र लगाएत वरपर रहेका गाउ बिकट दुर्गम भएका कारण त्यस ठाउँमा फोन नलाग्ने समस्यालाइ मध्यनजर गर्दै स्थानीयबासीलाइ सहज टेलिफोन सेवा उपलब्ध गराउने उदेश्यले टावर जडान कार्य थालिएको थियो ।
लामो समय बितिसक्दा पनि उक्त बि.टि.एस. टावर सञ्चालनमा ल्याउन ढिलाइ हुँदा जडान गरिएका उपकरणमा क्षति पुगेको छ । जडान अवस्थामा रहेका लाखौ मुल्यका केही सामान फुटाइएका छन् भने केही चोरी भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्