तपाईँ सुन्दै हुनुहुन्छः

सिरियाको इडलिबमा रुसी सेनाको हवाई आक्रमणमा परी ५० भन्दा बढी लडाकूको मृत्यु

डमास्कस । विद्रोही समूहको कब्जामा रहेको सिरियाको इडलिब प्रान्तमा रुसी सेनाको हवाई आक्रमणमा परी ५० भन्दा बढी लडाकूको मृत्यु भएको छ ।

रुसी सेनाको आक्रमणमा मारिनेहरु टर्कीको साथ पाएका सिरियाली विद्रोही समूहका लडाकू भएका बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार आक्रमणमा इस्लामी विद्रोही समूह फलेख–अल–शाम प्रशिक्षण केन्द्र ध्वस्त भएको छ ।

उक्त आक्रमणका कारण रुस र टर्की बीच इडलिब प्रान्तलाई लिएर भएको युद्धविराम संकटमा परेको बिबिसीले उल्लेख गरेको छ ।

यसैबीच, बेलायतमा रहेको सिरियाली मानव अधिकार अनुगमन समूहले रुसी आक्रमणमा ७८ जना सम्म मारिएका हुन सक्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button