बझाङमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु
बझाङ । जिल्ला अस्पताल बझाङमा एकजना युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जयपृथ्वी नगरपालीका ८ बारिल घर भएका जीप चालक २८ वर्षका युवकको सास फेर्न गाह्रो भइ उच्च जरो आएपछि जिल्ला अस्पतालमा उपचारका क्रममा शनिवार मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले बताए ।
मृतक चालकका जिप साहुलाइ पनि उस्तै समस्या देखिएपछि थप उपचारका लागी धनगढी पठाएको बताइएको छ ।
केही दिनका लागी जिल्ला अस्पतालको आकस्मिक सेवा बन्द गरेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्