तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित एक पक्राउ

रुपन्देही । रुपन्देहीमा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनुहँ जिल्लाको शुक्लगण्डकी नगरपालिका–२ स्थायी घर भएका २४ वर्षीय सन्दिप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क खड्काले जानकारी दिनुभयो ।

गुरुङको साथबाट डाइजेपाम २१२ ,फेनरागन २१२, नुफिन २१२ एम्पुल, नाइट्राजेपाम ३०० ट्याब्लेट फेला पारेको प्रवक्ता खड्काले बताउनुभयो ।

सडकमा हातमा प्लाष्टिकको झोला बोकी हिडिंरहेका अवस्थामा शंका लागेर चेकचाँज गर्दा उनी लागुऔषध सहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button