एकैदिन सप्तकोशी नगरपालिकामा वडा अध्यक्षसहित १७ जनामा कोरोना संक्रमण
सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार एकैदिन वडा अध्यक्षसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालले विहिवार सार्वजनिक गररेको रिपोर्ट अनुसार सप्तकोसी नगरपालिका वडा नम्बर १० कमलपुरकोे ३८ जनाको पिसिआर परिक्षण गरिएको मा १७ जनामा कोरोना पोजेटिभ देखिएको हो । जस्मा वडा अध्यक्ष देखि नेतासम्म संक्रमित रहेका छन् ।
सप्तकोशी नगरपालिका वडा नम्बर १० का २६, ६८, ४९, ३८, ४५, ४३, २२, ३१, ३५, ६१, ३५, ४५, २८ वर्षीय पुरुष र १४ वर्षीय वालिका , वडा नम्बर १ का ५५ वर्षीय र ११ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कंचनरुप नगरपालिका ३ घर भई सप्तरीकोशी नगरपालिकामा कार्यरत ४४ वर्षिय स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन ।
जसमध्ये ६८ वर्षीय पुरुष वडाध्यक्ष हुन ।







प्रतिक्रिया राख्नुहोस्