कात्तिक ७ गते धनगढी साँफेबगर हवाई उडान हुने
अछाम । अछामको साँफेबगर विमानस्थलमा कार्तिक ७ गतेदेखि उडान पुनः सुचारू हुने भएको छ । समिट एयरले धनगढीबाट शुक्रबार साँफेबगरमन उडान गर्ने नागरिक उड्डयन कार्यालय साँफेबगरले जनाएको छ ।
२०७६ चैत्रदेखि बन्द रहेको विमास्थलमा समिट एअरले धनगढीबाट उडान गर्नेछ साँफेबगर नागरिक उड्डयन कार्यालयलाई उद्धृत गर्दै अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो । साँफेबगर धनगढी भाडादर ३ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।
विमानस्थल कालोपत्रे भएपछि नेपाल वायु सेवा निगमको ट्वीाअटर विमानबाट नेपालगन्जबाट साँफेबगर हवाई उडान सुचारु भएको थियो । कोरोना महामारीका रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडानका कारण हवाई सेवा स्थगित गरिएको थियो । २०५८ सालको अछाम आक्रमणबाट टावरमा क्षति पुगेपछि अवरुद्ध विमानस्थल २०७६ असोजबाट सुचारु भएको थियो ।
हाल विमानस्थलको सुरक्षामा नेपाली सेना खटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्