बारामा प्रहरीमाथि गोली चलाउने एकजना पक्राउ
बारा । बाराको सिम्रौनगढमा प्रहरीमाथि गोल चलाउने एकजना भारतीय नागरिकलाई आज बारा प्रहरीले पक्राउ गरेको छ ।
भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका, बंकुल नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोलबाट गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।
प्रहरीले उनको साथबाट पेस्तोल एक थान, म्याग्जिनमा लोड राउण्ड ४ थान र चेम्बेरमा लोड रहेको फायर मिस भएको राउण्ड १ थान गरी गरी पाँच थान गोलि बरामद गरेको छ ।
घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्