तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा ३१०७ सहित ५७४३ जनामा कोरोना सङ्क्रमण पुष्टि, २६ जनाको मृत्यु

काठमाडौँ । उपत्यकामा आज थप तीन हजार १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप तीन हजार १०७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरूमा काठमाडौँमा दुई हजार तीन सय ९१ जना, ललितपुरमा पाँच सय ४३ जना, र भक्तपुरमा एक सय ७३ जना गरी आज उपत्यकामा थप तीन हजार १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसै गरी आज देशभर पाँच हजार ७४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४४ हजार ८७२ पुगेको छ ।

त्यस्तै आज देशभर आज दुई हजार ९९६ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ९९ हजार ६०५ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशका बिभिन्न स्थानमा कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ यो सँगै मृतकको कूल सख्या ७९१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button